News पुलिसका अजित बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

पोखरा । शनिबार सम्पन्न १८औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका अजित भण्डारी घोषित भएका छन् ।

उनले त्यसवापत एक थान स्कुटर समेत प्राप्त गरेका छन् । स्मरणीय छ, पोखरा रंगशालामा सम्पन्न फाइनल भिडन्तमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँग पेनाल्टी शुटआउटमा ४–३ ले हार बेहोरेको थियो ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ मनाङका अशोक बराल फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक बने । उनले म्यान अफ द म्याच वापत ५ हजार र उत्कृष्ट गोलरक्षक बने वापत १५ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्डर मनाङ कै सुरज बिक घोषित भए भने उत्कृष्ट मिडफिल्डरको पुरस्कार मनाङकै नितीन थापाले हात पारे । त्यस्तै उत्कृष्ट फरवार्ड पनि मनाङ कै अन्जन बिष्ट चुनिए ।

उत्कृष्ट प्रशिक्षक समेत मनाङ कै फुजा टोपे घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार हात पारे ।

सहारा क्लब, पोखराको आयोजनामा फागुन २२ देखि प्रतियोगिताको विजेता मनाङले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको थियो ।

Post Comments