बागमती । चौथो राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पाहुना टोली कंचनजंगा एफसी, भारत र नेपाल पुलिस क्लब, काठमाडौं भिड्ने भएका छन् ।
बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा कंचनजंगाले जावलाखेल युथ क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै सनसनीपूर्ण रुपमा फाइनल यात्रा तय गर्न सफल भएको हो ।
यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५८औं मिनटमा नगेन तामाङले कंचनजंगाका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।
तर कंचनजंगाले त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता खेलको ६४औं मिनटमै रुप बहादुर लामाले जावलाखेलका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
यद्यपि जावलाखेल पेनाल्टी शुटआउटमा भने चुक्न पुग्यो । अब कंचनजंगाले उपाधिका लागि नेपाल पुलिस क्लबसँग आइतबार नै फाइनल खेल्नेछ ।
बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा