News
यु–१६ र यु–१९ महिला खेलाडी छनौट शुरु
काठमाडौं । साफ यु–१६ र साफ यु–१९ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको राष्ट्रिय टोली तयार पार्न खुला छनौट कार्यक्रम आयोजना गरिए बमोजिम बागमती प्रदेशको धुलिखेलमा पनि छनौट कार्यक्रम शुरु भएको छ ।
छनौट कार्यक्रममा महिला फुटबल खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको छ । छनौट कार्यक्रमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका सबै प्रदेश र जिल्ला फुटबल संघहरुलाई पत्राचारसहित जानकारी गराएको थियो ।
त्यस्तै अन्य जिल्ला र प्रदेशहरुमा पनि छिटै छनौट कार्यक्रमहरु शुरु हुँदैछ । स्मरण रहोस, साफ यु–१६ महिला च्याम्पियनसिप आगामी मार्चदेखि नेपाल मै आयोजना हुने कार्यक्रम छ भने साफ यु–१९ महिला च्याम्पियनसिप आउँदो फेब्रुअरीदेखि बंगलादेशमा शुरु हुँदैछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)