News प्रदेश स्थानीय तह अध्यक्ष कप शुरु, मानेभञ्ज्याङको उत्कृष्ट शुरुवात
गोलनेपाल

मानेभञ्ज्याङ । मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा मंगलबारदेखि शुरु प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली मानेभञ्ज्याङ गाउँपालिकाले उत्कृष्ट शुरुवात गरेको छ ।

उद्घाटन खेलमा मानेभञ्ज्याङले सुनकोशी गाउँपालिकालाई शून्यका विरुद्ध ३ गोलले हरायो । मानेभञ्ज्याङको जितमा मनकृष्ण राई एक्लैले ह्याट्रिक गरे । ह्याट्रिककर्ता राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

यो जितसँगै मानेभञ्ज्याङ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुस १८ गते सिद्धिचरण नगरपालिका र कटारी नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा हलेसी तुवाचुङ नगरपालिका र सोलु दुधकुण्ड नगरपालिका भिड्ने छन् । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी खेलकुद मन्त्री डिक बहादुर लिम्बुले गरेका थिए ।

यही पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ ।

 

Post Comments