News झरना र राधाकृष्णको जित
सुरज राना मगर

टिकुलीगढ । यहाँ जारी स्व. गंगादेवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा झरना स्पोर्टस क्लब, कुञ्जलापुर र राधाकृष्ण फुटबल क्लब, बुटवलले जित हात पारेका छन् ।

तिलोत्तमा–१४ स्थित टिकुलीगढ माविको खेलमैदानमा भएको पहिलो खेलमा झरनाले रानीगंज युवा क्लब, बुटवललाई ३–१ ले हरायो । खेलमा झरनाका अजय थापा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा राधाकृष्णले सेभेन ड्रेगनलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा राधाकृष्णका बिकास थापा म्यान अफ द म्याच घोषित भए ।

आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments