News सर्लाहीमा राई बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

बागमती । भेट्रान फरवार्ड तथा नेपाल पुलिस क्लबका कप्तान जुमान राई आइतबार सम्पन्न चौथो राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले पुरस्कार वापत नगद ५१ हजार समेत प्राप्त गरेका छन् ।

राई कै कप्तानीमा पुलिसले फाइनलमा कंचनजंगा एफसी, भारतलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । फाइनल खेलमा राईले पनि पुलिसका लागि एक गोल गरेका थिए ।

बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको पुलिसले उपाधिसहित नगद १० लाख हात पारेको थियो भने उपविजेता कंचनजंगाले ५ लाख प्राप्त गरेको थियो ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पुलिस कै सन्जित श्रेष्ठ घोषित भए भने उत्कृष्ट डिफेन्डर कंचनजंगाका निवास राना चुनिए । उत्कृष्ट मिडफिल्डर जावलाखेलका रुपक बहादुर लामा घोषित भए भने सर्वाधिक गोलकर्ता पुलिसका तिर्थ राना मगर घोषित भए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि पुलिस कै संजिव जोशी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार नगद प्राप्त गरे ।

Post Comments