हरिवन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आउँदै गरेको विजयादशमी तथा शुद दीपावलीको अवसर पारी नमस्ते युवा क्लब, हरिवन–६, घुर्कौली, सर्लाहीको आयोजनामा प्रथम रोमन कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
हरिवन–६ स्थित चार्लिक खेल मैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १२ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो ।
युवा खेल अभियन्ता रोमन मोक्तानको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १,००,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा