News हिम कस्तुरीलाई उपाधि
गोलनेपाल

सिरहा । यहाँ सम्पन्न सारस्वरनाथ प्रदेशस्तरीय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि हिम कस्तुरी युवा क्लब, लहानले जितेको छ । फाइनलमा एभरेष्ट फुटबल एकेडेमी, सर्लाहीलाई २–१ ले हराउँदै हिम कस्तुरी च्याम्पियन बनेको हो ।

हिम कस्तुरीका सुशिल यादव फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक हिम कस्तुरीका रेम्बो चौधरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार एभरेष्टका बिजय भुजेलले हात पारे ।

सिरहा नगरपालिका वार्ड नम्बर १२ को कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने हिम कस्तुरीका फागुराम थारु घोषित भए ।

Post Comments