News पिसीसी र न्यु राईज क्वाटरफाइनलमा
सुरज राना मगर

टिकुलीगढ । पिसीसी, भलवारी र न्यु राईज क्लब, बभनी यहाँ जारी स्व. गंगादेवी गुरुङ्ग स्मृति दोस्रो नव टिकुलीगढ कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छनु ।

टिकुलीगढ माविको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ पिसीसीले माछापुच्छ्रे फुटबल क्लब, भैरहवालाई शून्यका विरुद्ध ५ गोलले हरायो । खेलमा पिसीसीका सुन्दर बगाले म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा न्यु राईजले योङ स्टार फुटबल क्लब, मडाहालाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा न्यु राईजका सुमित मल्लाह म्यान अफ द म्याच घोषित भए ।

नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढको आयोजनामा आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments