News प्रथम बिक्कु फेमिली कप माघ १६ गतेदेखि
गोलनेपाल

बेनी । माघे संक्रान्तीको अवसर पारी बिक्कु फेमिली, जलजला–३ मल्लाजचोक, पर्वत बेनीको आयोजना तथा न्यु दोभान युथ क्लब, बेनी, म्याग्दीको सह–आयोजनामा आउँदो माघ १६ देखि २० गतेसम्म प्रथम बिक्कु फेमिली कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

बेनीबजार स्थित खुला मञ्च मैदानमा हुने प्रतियोगिताको माघ १५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ९००० र धरौटी वापत १५०० गरी कुल १०५०० बुझाउनुपर्ने पनि आयोजकले जानकारी दियो ।

म्याग्दी जिल्ला कै सर्वाधिक धनराशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ४० हजार हात पार्नेछ भने उपविजेताले ७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक पुरन छन्त्यालले जानकारी दिए ।

त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद २२,२२२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र हात पार्नेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ४,४४४ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने पनि आयोजक क्लबका अध्यक्ष सफल बुढाथोकीले बताए ।

त्यसैगरी प्रतियोगिताको अनुशासित टोलीलाई ८,८८८ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

Post Comments