News अस्ताए जर्मन फुटबलका पर्याय ‘लिजेण्ड’ बेकनबर
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जर्मन फुटबलका पर्याय तथा विश्व फुटबलका हस्ती मध्ये एक मानिने फ्रान्ज बेकनबरको ७८ वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको सोमबार निधन भएको हो । यद्यपि उनको मृत्युको कारण भने खुलाइएको छैन ।

खेलाडीका रुपमा सन् १९७४ मा पश्चिम जर्मनीका लागि फिफा विश्वकप जितेका बेकनबरले सन् १९९० मा म्यानेजरका रुपमा पनि पश्चिम जर्मनीलाई विश्वकपको उपाधि जिताएका थिए । जर्मनीका लागि उनले १०३ अन्तर्राष्ट्रिय म्याच खेल्न समेत भ्याएका थिए ।

खेलाडीका रुपमा रक्षापंक्तिमा खेल्ने बेकनबरले आफ्नो अधिकांश व्यवसायीक करियर बायर्न म्युनिखका लागि खेले । त्यसबाहेक ह्यामबर्गर र न्युयोर्क कसमसका लागि पनि खेले । र, खेलाडी र म्यानेजरका रुपमा जर्मनको शिर्ष लिग पनि जित्न भ्याए । सन् १९७२ को युरोपियन च्याम्पियनसिप पनि जितेका बेकनबरले प्रतिष्ठित बालोन डि’अर दुईपटक जितेका थिए ।

बेकनबरको निधनबारे विश्व फुटबल जगतले दुःख व्यक्त गरेको छ ।

Post Comments