News २३औं आहा! रारा पोखरा गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १२ टोलीहरु भिड्ने
उमेश पुन

पोखरा । सहारा क्लब, पोखराको आयोजनामा हुने मोफसल र देश कै प्रतिष्ठित २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबलमा सहभागिता जनाउने कुल १२ टोलीहरुको टुंगो लागेको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ आउँदो माघ ६ देखि २० गतेसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको हो ।

प्रतियोगितामा आयोजक सहारा क्लबसँगै साविक विजेता संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, थ्रीस्टार क्लब, राईजिङ स्टार एफसी र जावलाखेल युथ क्लब रहेका छन् ।

त्यस्तै आमन्त्रित टोलीका रुपमा भारतको आई लिग क्लब दिल्ली फुटबल क्लब र भुटानको शिर्ष डिभिजन क्लब पारो फुटबल क्लब रहेका छन् । स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपविजेता टोली भुटनिज युथ स्पोर्टस क्लब, अमेरिका भने यसपटक सहभागि छैन ।

बिगतमा झै यसपटक पनि प्रतियोगिताको मुख्य प्रायोजन प्रतिष्ठित व्यापारीक प्रतिष्ठान हिमश्री फ्ड्स प्रा.लि. को आहा र रारा तयारी चाचाउले नै गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ४९ लाख ३ हजार खर्च हुने अनुमान गरिएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के। सी। स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा(१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ। हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ्र

Post Comments