News इलाम गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

इलाम । रेड हर्स फुटबल क्लब, इलामको आयोजनामा हुन गईरहेको प्रथम इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकले पत्रकार सम्मेलनको जानकारी गरी प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ ।

ठुलो टुडिंखेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ ६ गतेका दिन आयोजक रेड हर्स फुटबल क्लब, इलाम र एमएफसी, दार्जिलिङ भिड्ने आयोजकले जानकारी दियो । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल माघ १३ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments