News एसियन कपः पहिलो खेलमा भारत पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कतारमा जारी प्रतिष्ठित एएफसी एसियन कपमा सहभागिता जनाईरहेको एक मात्र दक्षिण एसियाली टोली भारतले समूह चरणको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । समूह बी मा रहेको भारतले दावेदार र पूर्व विजेता अष्ट्रेलियासँग २–० को हार बेहोरेको हो ।

कतारी शहर अल रयन स्थित मोहमद बिन अली स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्यो । पहिलो हाफमा जुझारु प्रदर्शन गरेको भारतले अष्ट्रेलियालाई बराबरीमा रोके तापनि दोस्रो हाफमा भने सम्हालिन सकेन ।

खेलको ६०औं मिनटमा ज्याक्सन इर्भिनले अष्ट्रेलियाका लागि पहिलो गोल गरे । त्यस्तै ७३औं मिनटमा जोर्डन बोसले अष्ट्रेलियन टोलीका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

अष्ट्रेलियाले समूह चरणको आफ्नो दोस्रो खेलमा १८ जनवरीका लागि सिरियासँग खेल्नेछ भने सोही दिन भारतले अर्को बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

 

Post Comments