News पौवादुङ्गा गोल्डकप शुरु, अरुण गाउँपालिकाको उत्कृष्ट शुरुवात
गोलनेपाल

पौवादुङ्जा । सोमबारदेखि शुरु भएको प्रथम पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा फराकिलो जितका साथ अरुण गाउँपालिका, भोजपुरले उत्कृष्ट शुरुवात गरेको छ ।

उद्घाटन खेलमा अरुण गाउँपालिकाले शहिदभूमी गाउँपालिका, धनकुटालाई ८–१ को फराकिलो अन्तरले हरायो । अरुण गाउँपालिकाका लागि रोमन भुजेलले चार गोल गर्दा श्याम मुर्मुले पनि ह्याट्रिक गरे । त्यस्तै थप एक नितेश लिम्बुले गरे ।

उता पराजित शहिदभूमिका लागि लवकुश राईले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा अरुण गाउँपालिकाका लागि चार गोल गरेका रोमन भुजेल म्यान अफ द म्याच घोषित भए । उनलाई कार्यक्रमकी प्रमुख अतिथी पौवादुङ्मा गाउँपालिकाकी उपाध्यक्ष ज्यौत्साना राईले पुरस्कृत गरेकी थिईन् ।

पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।

Post Comments