News स्टार एफसीलाई प्रथम दक्षिणकाली उपमेयर कपको उपाधि
गोलनेपाल

दक्षिणकाली । यहाँ सम्पन्न प्रथम दक्षिणकाली उपमेयर कप नकआउट फुटसल प्रतियोगिताको उपाधि स्टार फुटबल क्लबले जितेको छ । फाइनलमा हुडुङ युवा समूहलाई हराउँदै स्टार एफसी च्याम्पियन बनेको हो ।

विजेता बनेको स्टार फुटबल क्लबले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता हुडुङले नगद २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच स्टारका बिकी महर्जन चुनिए ।

अन्य विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि स्टार कै बिकी महर्जन घोषित हुँदा उत्कृष्ट गोलरक्षक रेजर्सका बिजय तामाङ चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार हुडुङका नबिन तामाङले हात पार्दा उदीयमान खेलाडी बोसन ब्रदर्शका आर्यन थापा चुनिए । त्यस्तै उत्कृष्ट प्रशिक्षक स्टारका रोशन देउला बने ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी दक्षिणकाली नगरपालिका, फर्पिङकी उपमेयर बसन्ती डंगोल तामाङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

सुकुन्दा ल्याम्ह पुचःको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments