News एरिकले शिलोङबाट आई लिग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर एरिक बिष्टले भारतको चर्चित आई लिगमा शिलोङ लाजोङ फुटबल क्लबबाट खेल्ने भएका छन् । शिलोङका लागि आई लिग खेल्ने एरिक दोस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका पूर्व कप्तान अनिल गुरुङले पनि शिलोङका लागि आइ लिग खेलेका थिए ।

एरिकको अनुवन्धबारे शिलोङले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएको छ । एरिकको सम्झौता अवधि र पारिश्रमिकबारे भने क्लबले खुलाएको छैन । गत सिजन अन्जन बिष्टले पनि मुम्बई केन्क्रेका लागि आई लिग खेलेका थिए ।

स्मरण रहोस, जारी आई लिगमा हाल शिलोङ ११ खेलबाट १९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ । २७ अंक जोडेको मोहम्मदन शिर्ष स्थानमा छ । एरिकले हालै सम्पन्न दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी फुटबल क्लबका लागि मार्की खेलाडीका रुपमा खेलेका थिए ।

 

Post Comments