News इरान पनि नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । तीनपल्टको पूर्व विजेता इरान पनि जारी प्रतिष्ठित एएफसी एसियन कपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी मा रहेको इरानले लगातार दोस्रो जित हात पार्ने क्रममा शुक्रबार राती हङकङलाई शून्यका विरुद्ध १ गोलले हरायो ।

इरानले आफ्नो पहिलो खेलमा प्यालेस्टाईनलाई ४–१ ले हराएको थियो । त्यस्तै हङकङले भने आफ्नो पहिलो खेलमा युएईसँग ३–१ को हार बेहोरेको थियो । त्यसअघि समूह सी कै अर्को खेलमा युएई र प्यालेस्टाईनले १–१ गोलको बराबरी खेलेका थिए ।

दुई खेलको समाप्ती पश्चात् ६ अंक जोडेको इरान शिर्ष स्थानमा रहेर एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । ४ अंक जोडेको युएई र १ अंक जोडेको प्यालेस्टानईको सम्भावना अझै कायम छ भने अंकविहीन हङकङ पुछारमा छ र नकआउट चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ ।

समूह चरणको अन्तिम खेलमा २३ जनवरीका दिन इरानले यूएईको सामना गर्नेछ भने सोही दिन प्यालेस्टाईन र हङकङ पनि भिड्ने छन् ।

Post Comments