News एसियन कप ग्रुप एः कतार र ताजिकिस्तान नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साविक विजेता तथा आयोजक कतारसँगै ताजिकिस्तान समूह ए बाट जारी एएफसी एसियन कपको नकआउट चरणमा प्रवेश गरेका छन् । समुह चरणको अन्तिम खेलमा कतारले चीनलाई १–० ले हरायो भने ताजिकिस्तानले लेबनानमाथि २–१ को जित निकाल्यो ।

यो नतिजापछि शतप्रतिशत जितका साथ कतार समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो । त्यस्तै ४ अंक जोडेको ताजिकिस्तान समूह उपविजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

२ अंक जोडेको चीन तेस्रो स्थानमा छ । र, चीनको उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणको सम्भावना कायम छ । उता १ अंक मात्र जोडेको लेबनान पुछारमा र समूह चरणबाटै बाहिरिएको छ ।

Post Comments