News एसियन कपः बहराईन, दक्षिण कोरिया र जोर्डन नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी प्रतिष्ठित एएफसी एसियन कपतर्फ समूह ई बाट पनि बहराईन, दक्षिण कोरिया र जोर्डन गरी तीन टोलीहरु नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न समूह ई तर्फको अन्तिम दुई खेलहरुमा दक्षिण कोरिया र मलेसियाले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दा अर्को खेलमा बहराईनले जोर्डनलाई १–० ले हरायो । यो नतिजाहरुपछि ३ खेलबाट ६ अंक जोडेको बहराईन समूह ई को समूह विजेता बन्यो ।

त्यस्तै ५ अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्दा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डन उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । उता १ अंक जोडेको मलेसिया पुछारमा रह्यो र समूह चरणबाटै बाहिरियो ।

Post Comments