काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली यु–१९ महिला फुटबल टोलीलाई हौसला प्रदान गर्न चर्चित जापानी गैर नाफामुलक संस्था रियले वल्र्डले खेल सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, रियले वल्र्डकी सचिव सिकाको मियामोटोले महिला खेलाडहिरुलाई खेल सामाग्रीहरु हस्तानतरण गरे । सो अवसरमा एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु, कोषाध्यक्ष रविन्द्र जोशी र एन्फा प्रवक्ता सुरेश साह लगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस, आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म बंगलादेशको ढाकामा हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । नेपालले आफ्नो पहिलो खेल २ फेब्रुअरीका दिन आयोजक बंगलादेशससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान र भारत गरी दक्षिण एसियाका कुल चार टोलीहरु सहभागि छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरणको खेल पश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । आयोजक बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”