News उत्कृष्ट जितका साथ धरान सेमिफाइनलमा
गोलनेपाल

इटहरी । द योङ्ग ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट जितका साथ धरान फुटबल क्लब, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलतर्फ धरानले गाईघाट फुटबल क्लब, उदयपुरमाथि ४–० को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो । धरानको जितमा मिलन राईले दुई गोल गरे भने बिनोद राई र सुगम जिमीले थप एक–एक गोल गरे ।

यो जितसँगै धरान प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा दुई गोल गरेका धरानका मिलन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत माघ १५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल लोहोरुङ्ग एफसी, संखुवासभा र दमक एकेडेमी फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो । यही माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

 

Post Comments