News एसियन कपः अष्ट्रेलिया क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सन् २०१५ को विजेता तथा उपाधिको दावेदार मध्ये एक अष्ट्रेलिया जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । आइतबार इण्डोनेसियालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अष्ट्रेलियाले क्वाटरफाइनल यात्रा सुरक्षित गरेको हो ।

कतारी शहर अल रयन स्थित जसिम बिन हमाद स्टेडियममा भएको खेलको १२औं मिनट मै एल्कन बेगटको आत्मघाती गोलबाट अष्ट्रेलियाले खेलमा अग्रता बनाएको थियो । ४५औं मिनटमा मार्टिन बोयलले त्यो अग्रता दोब्बर पारे ।

खेलमा पूर्ण हावी बनेको अष्ट्रेलियाका लागि ८९औं मिनटमा क्रेग गुडविनले तेस्रो गोल गरे भने इन्जुरी समयमा ह्यारी साउटरले चौथो गोल गर्दै अष्ट्रेलियाको उत्कृष्ट जित सुनिश्चित गरेका थिए ।

Post Comments