News प्रथम महिला इलाम गोल्डकप फागुन पहिलो सातादेखि
गोलनेपाल

इलाम । ओएसिस इलामको आयोजनामा आगामी फागुन २ देखि ७ गतेसम्म प्रथम महिला इलाम गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । इलाम स्थित ठुलो टंडिखेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो ।

जिल्ला फुटबल संघ इलामको प्राविधिक सहयोग रहने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुबारे पनि छिटै जानकारी गराइने पनि आयोजकले जनाएको छ । यद्यपि प्रतियोगितामा राष्ट्रियस्तरका उत्कृष्ट खेलाडीहरुको उपस्थिति रहने आयोजकले दावी गर्यो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Post Comments