News नेपाल र बंगलादेश आज भिड्दै
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाल र आयोजक बंगलादेश भिड्दै छन् । रोचक कुरा, यी दुई टोली गत संस्करणको फाइनलिस्ट समेत हुन् । त्यतिबेला बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।

आज हुने खेलमा पनि बंगलादेशलाई घरेलु समर्थकको साथ र समर्थन रहनेछ । नेपाल पनि घरेलु टोली विरुद्ध सकरात्मक नतिजा निकाल्नेमा आत्मविश्वासी छ । खेल ढाका स्थित बिर श्रेरेष्ठ सहिद सिपाही मोस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ःः१५ बजेदेखि शुरु हुनेछ ।

त्यस्तै प्रतियोगिता अन्तगर्तत आज नै हुने उद्घाटन खेलमा ३ः१५ बजेदेखि भारत र भुटान भिड्दै छन् । प्रतियोगितामा दक्षिण एसियाका चार टोलीहरु मात्र सहभागि छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने लिग चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा भिड्ने छन् । फाइनल ८ फेब्रुअरीका दिन हुनेछ ।

Post Comments