News पोखरा गोल्डकपः बिमल बने ‘बेस्ट’
उमेश पुन

पोखरा । शनिबार सम्पन्न २३औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर बिमल पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । त्यसवापत उनले एक थान स्कुटर हात पारेका छन् ।

फाइनल खेलको म्यान अफ द म्याच पनि आर्मीका जिलेस्पी जंग कार्की चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पनि आर्मीका समित श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्डर पनि आर्मी कै बिमल पाण्डे चुनिए ।

उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका बिबेक पौडल बन्दा उत्कृष्ट फरवार्ड आर्मीका जिलेस्पी जंग कार्की घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मी कै दिनेश हेन्जनले हात पारे भने उत्कृष्ट प्रशिक्षक पनि आर्मीका मेघराज केसी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

स्मरण रहोस, शनिबार पोखरा रंगशालामा भएको उपाधि भिडन्तमा आर्मीले थ्रीस्टार क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै पहिलोपटक पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको थियो ।

Post Comments