News
एसियन कपको फाइनलमा जोर्डन

काठमाडौं (एजेन्सी) । दावेदार मध्ये एक मानिएको दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलोपटक जारी एएफसी एसियन कपको फmाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियामाथि शून्यका विरुद्ध २ गोलको जित निकाल्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।
अल रयन स्थित अहमद बिन अली स्टेडियममा भएको खेलको ५३औं मिनटमा याजन अल नैमतले पहिलो गोल गरे भने ६६औं मिनटमा मौसा अल तमारीले दोस्रो गोल गर्दै टोलीको ऐतिहासिक जित सुनिश्चित गरे ।
स्मरण रहोस, जोर्डन र दक्षिण कोरिया समूह चरणमा पनि एकै समुहमा रहेर भिडेका थिए । समूह चरणको खेलमा भने यी दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । जोर्डनले अब १० फेब्रुअरीका दिन हुने फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ इरान र आयोजक कतार बीचको विजेतासँग उपाधिका लागि भिड्ने छ ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने