News चितवनमा हिसान कपको तयारी पूरा
गोलनेपाल

चितवन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान० चितवनको आयोजनामा यही माघ २५ गतेदेखि शुरु हुने हिसान कप अन्तर कलेज नाइन ए साईड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

भरतपुर–१० स्थित गेष्ट हाउस मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ २५ गतेका दिन एमेक्स कलेज र अर्किड स्कुल भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा वाल्मिकी शिक्षा सदन र गुरुकुल कलेज भिड्ने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक भुषालले बताए ।

स्कुल र कलेजस्तरबाटै खेलकुद गतिविधीलाई बढावा दिंएर युवा खेलाडीहरुलाई शिक्षासँगै स्वस्थ मनोरञ्जनका लागि प्रतियोगिता आयोजना गरिएको हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले बताए ।

प्रतियोगितामा चितवन जिल्ला फुटबल संघको पनि प्राविधिक सहयोग रहनेछ । कुल १४ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २ गतेका दिन हुनेछ ।

Post Comments