News एसियन कपः साविक विजेता कतार फाइनलमा
गोलनेपाल

काठमाडौ । प्रतियोगितामा सुस्त शुरुवात गरेको साविक विजेता तथा आयोजक कतार जारी प्रतिष्ठित एएफसी एसियन कपको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा कतारले अन्तिम समय दश खेलाडीमा सिमित बन्न पुगेको इरानलाई ३–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

राजधानी दोहामा भएको खेलको चौथो मिनट मै स्टार फरवार्ड सरदार अजमुनको गोलबाट इरानले खेलमा अग्रता बनाएको थियो । तर १७औं मिनटमा जसिम अब्दुलसलामले कतारका लागि बराबरी गोल फर्काएका थिए । ४३औं मिनटमा अकरम अफिफको गोलबाट कतारले खेलमा अग्रता बनायो । त्यो अग्रता घरेलु टोलीले पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफको ५१औं मिनटमा अलिरेजाले इरानका लागि पेनाल्टीमार्फत दोस्रो तथा बराबरी गोल फर्काए । रोमाञ्चक बनेको खेलको ८२औं मिनटमा अनुभवी फरवार्ड अल्मोज अलीले कतारका लागि तेस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।

त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा इरानका शोजाइ खलिलजादेहले रातो कार्ड खाँदै मैदान छाड्दा पाहुना टोली दश खेलाडीमा पनि खुम्चिन पुगेको थियो । जसले गर्दा पनि कतारलाई जित हात पार्न थप सहज बनेको थियो ।

कतारले अब १० फेब्रुअरीका दिन हुने फाइनलमा जोर्डनसँग उपाधिका लागि भिड्नेछ । जोर्डनले मंगलबार मात्रै पहिलो सेमिफाइनलमा दक्षिण कोरियालाई २–० ले हराउँदै पहिलोपटक एसियन कपको फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FAFCAsianCup%2Fposts%2Fpfbid0tQQmA6LLrJHwDDtFSYKQMMvVQw55JyRMFH5pDTs7fQLimyaryBCMB3oGfmerT9mel&show_text=true&width=500" width="500" height="641" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments