News बिथोलियो फाइनलः भारत र बंगलादेशको आफ्नै अडान
गोलनेपाल

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल खेलमा विवाद उत्पन्न भएपछि फाइनल खेलसँगै समापन कार्यक्रम नै बिथोलिएको छ । बिहीबार ढाकामा सम्पन्न भएको भारत र साविक विजेता तथा आयोजक बंगलादेश बीचको रोमाञ्चक फाइनल खेल निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो ।

टाईब्रेकरमा पनि दुवै टोलीबाट ११–११ जनाले गोल हान्दा समेत नतिजा निस्किन नसकेपछि म्याच अफिसियल र निर्णायक मण्डलले क्वाइन टसमा जाने निर्णय गरेका थिए । क्वाइन टसमा भने भारत विजयी बन्यो ।

तर त्यो निर्णयलाई बंगलादेशले स्वीकारेन । सोही विवाद चर्किए पछि फेरि टाईब्रेकर गर्ने कुरा पनि उठ्यो । तर त्यो निर्णयमा भारत राजी भएन । भारतीय खेलाडीहरु क्वाइनस टस कै निर्णयमा आफूहरु विजेता बनेको भन्दै मैदान छाडेर बाहिरिएका छन् ।

अहिले समापन कार्यक्रम नै बिथोलिएको छ । मैदानमा बंगलादेशका खेलाडी र अफिसियलहरु मात्र छन् ।

Post Comments