News भारत र बंगलादेशलाई संयुक्त रुपमा उपाधि
गोलनेपाल

काठमाडौं । बिहीबार सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारत र बंगलादेशले संयुक्त रुपमा हात पारेका छन् । ढाकामा सम्पन्न फाइनल भिडन्तमा भारत र बंगलादेश बीचको निर्धारित समयको खेल १–१ को बराबरी र टाईब्रेकरमा पनि ११–११ शुटआउट पश्चात नतिजा निस्किन नसक्दा क्वाइन टस गरिएको थियो ।

क्वाइन टसमा भारतलाई रेफ्रीले विजेता घोषणा गरे तापनि बंगलादेशले भने त्यो निर्णयप्रति असन्तुष्टी जनाएको थियो । फेरि टाईब्रेकर गर्ने कुरा पनि चल्दै गर्दा भारत भने च्याम्पियन नै बन्ने अडामा रहँदै मैदान बाहिरिएको थियो ।

अन्तिममा दुवै टोली, आयोजक, म्याच अफिसियलहरुको आवश्यक छलफल पश्चात भारत र बंगलादेशलाई सयुक्त रुपमा विजेता घोषित गरिएको थियो । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments