News सिक्किम प्रिमियर लिगमा व्यस्त नेपाली खेलाडीहरु
गोलनेपाल

काठमाडौं । हाल सिक्किममा जारी सिक्किम प्रिमियर लिगमा केही चर्चित नेपाली खेलाडीहरुले पनि सहभागिता जनाईरहेका छन् । यसै क्रममा थ्रीस्टार क्लब र ललितपुर सिटीबाट खेलिसकेका बिबेक पौडेलले सिक्किममा ग्याल्सिङ युनाइटेडका लागि खेलिरहेका छन् ।

बिबकेले क्लबका लागि म्यान अफ द म्याचको पुरस्कार पनि जितेका छन् । लिग अन्तर्गत भाइचुङ स्टेडियममा भएको खेलमा विवेकको टोली ग्याल्सिङ र रोअरिङ लियोपार्ड एफसीले ३–३ गोलको बराबरी खेले । सोही खेलमा विवेक म्यान अफ द म्याच बनेका हुन् ।

स्मरण रहोस, नेपालका चर्चित र स्टार फरवार्ड अन्जन बिष्टले पनि सिक्किम प्रिमियर लिगमा थन्डरबोल्टका लागि खेलिरहेका छन् । नेपालमा दोस्रो नेपाल सुपर लिग खेलेका विदेशी खेलाडीहरु पनि सिक्किम प्रिमियर लिग मै आवद्ध भईसकेका छन् । 

Post Comments