News दोस्रो बिनयी त्रिवेणी सि.जी.कप हुने
सुरज राना मगर

दुम्कीबास । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ मोर्डन युथ क्लब नेपाल, बिनयी त्रिवेणी गाउँपालिका, दुम्कीबास, नवलपुरको आयोजनामा आगामी फागुन १२ देखि २८ गतेसम्म दोस्रो बिनयी त्रिवेणी सि.जी. कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

दुम्कीबास, नवलपुर स्थित सि.जी. खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १२,५०० तोकिएको खेल संयोजक ठक बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ हजार नगद र ट्रफीको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।

“नवलपुरमा गाउँघरको फुटबल पनि उत्तिकै सक्रिय छ र यहाँ पनि क्षमतावान खेलाडीहरु छन्” भन्ने सन्देश सबै सामु पुर्याउन प्रतियोगितालाई यसपटक पनि निरन्तरता दिंदै आयोजना गरिएको अध्यक्ष मगरले जानकारी दिए । साथै प्रतियोगिता सफल पार्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको पनि अध्यक्ष सुनारी मगरले बताए ।

Post Comments