News अन्जिला र गीताको टोली सेथुको जित
गोलनेपाल

काठमाडौ । भारतको शिर्ष लिग खेलिरहेका नेपालका दुई राष्ट्रिय खेलाडी अन्जिला तुम्बापो सुब्ब र गीता राना सम्मीलित सेथु एफसीले लिगमा तेस्रो जित दर्ता गरेको छ ।

लिगको आफ्नो आठौं खेलमा सेथुले इष्ट बंगाललाई २-० ले हरायो । तिलक मैदानमा भएको खेलमा सेथुका लागि दुवै गोल काजोल डि'सुजाले गरिन । काजोल नै प्लेयर अफ द म्याच समेत चुनिइन ।

खेलमा अन्जिला र गीताले टोलीका लागि पहिलो रोजाईमै रहेर खेले र सेथुको जितमा महत्वपूर्ण भुमिका खेले । गीता भनेको खेलको अन्तिमतिर मैदान बाहिरिएकी थिईन ।

यो जितपछी ८ खेलबाट १० अंक जोडेको सेथु लिगतालिकाको पाँचौ स्थानमा छ । पराजित इष्ट बंगाल भने ९ खेलबाट ४ अंकका साथ छैठौं स्थानमा छ । 

शिर्ष स्थानमा भने ९ खेलबाट २० अंक जोडेको गोकुलम केरला छ । त्यस्तै समान अंक भए तापनी गोलभिन्नताले पछि पर्दै किकस्टार्ट दोस्रो स्थानमा छ ।

Post Comments