News सात दिने कोचिङ कोर्ष शुरु
गोलनेपाल

काठमाडौं । खेलाडीहरुलाई फुटबल प्रशिक्षणबारे पनि महत्त्वपूर्ण जानकारी र ज्ञान हासिल गराउने उदेश्यका साथ नेपाल फुटबल खेलाडी संघको आयोजनामा सोमबारदेखि कोचिङ कोर्ष कार्यक्रम शुरु भएको छ ।

एन्फा कम्प्लेक्समा शुरु सात दिने कोचिङ कोर्षको पहिलो चरणमा नयाँ तथा पुराना राष्ट्रिय खेलाडीहरु गरि कुल १८ प्रशिक्षार्थीहरु सहभागी छन ।

कोचिङ कोर्षमा अनिल गुरुङ, बिक्रम लामा, भरत खवास, बिराज महर्जन, नवयुग श्रेष्ठ, रुपेश केसी, जितेन्द्र कार्की जस्ता खेलाडीहरुले पनि सहभागिता जनाएका छन ।

कोर्षको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले गरे । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको कोचिङ कोर्ष कार्यक्रम आउँदो माघ ६ गतेसम्म चल्नेछ । 

Post Comments