News
सात दिने कोचिङ कोर्ष शुरु
काठमाडौं । खेलाडीहरुलाई फुटबल प्रशिक्षणबारे पनि महत्त्वपूर्ण जानकारी र ज्ञान हासिल गराउने उदेश्यका साथ नेपाल फुटबल खेलाडी संघको आयोजनामा सोमबारदेखि कोचिङ कोर्ष कार्यक्रम शुरु भएको छ ।
एन्फा कम्प्लेक्समा शुरु सात दिने कोचिङ कोर्षको पहिलो चरणमा नयाँ तथा पुराना राष्ट्रिय खेलाडीहरु गरि कुल १८ प्रशिक्षार्थीहरु सहभागी छन ।
कोचिङ कोर्षमा अनिल गुरुङ, बिक्रम लामा, भरत खवास, बिराज महर्जन, नवयुग श्रेष्ठ, रुपेश केसी, जितेन्द्र कार्की जस्ता खेलाडीहरुले पनि सहभागिता जनाएका छन ।
कोर्षको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको कोचिङ कोर्ष कार्यक्रम आउँदो माघ ६ गतेसम्म चल्नेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान