News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर ५ उपाधि नजिक
गोलनेपाल

बराहक्षेत्र । संघर्षपुर्ण जितका साथ वार्ड नम्बर ५ यहाँ जारी बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतपर्ः वार्ड नम्बर ५ ले वार्ड नम्बर ७ लाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो ।

देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा वार्ड नम्बर ५ ले वार्ड नम्बर ७ माथि ६–५ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।

खेलमा विपक्षीका एक प्रहार जोगाउँदै टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेलेका वार्ड नम्बर ५ का गोलरक्षक सन्देश चौधरी म्यान अफ द म्याच घोषित भए । वार्ड नम्बर ५ ले अब उपाधिका लागि फागुन ४ गते वार्ड नम्बर १ सँग फाइनल खेल्नेछ ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments