News एनआरटीलाई सेमिफाइनल पुर्याउन मोहित निर्णायक
बिक्रम बानियाँ क्षेत्री

बागमती । न्युरोडटिम (एनआरटी) जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वाटरफाइनलतर्फ एनआरटीले नव जन जागृति युवा क्लब, सिमरालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

जनता माविको खेलमैदानमा भएको खेलमा एनआरटीका लागि मोहित गुरुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता मोहित नै खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन ४ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड क्लब बीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments