News सयपत्री, आदर्श र चरङ्गेको जित
सुरज राना मगर

देवदह । यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सयपत्री युवा क्लब, आदर्श युवा क्लब र आयोजक चरङ्गे फुटबल क्लब (ए) ले जित हात पारेको छ ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको पहिलो खेलमा सयपत्रीले केउली फुटबल क्लबलाई शून्यका विरुद्ध ४ गोलले हरायो । खेलमा सयपत्रीका लोक पुन म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा आदर्श युवा क्लबले सौभाग्य युवा क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । खेलमा आदर्शका बिनोद भट्टराई म्यान अफ द म्याच चुनिए ।

दिनको अन्तिम खेलमा चरङ्गेले एलएफसीमाथि शून्यका विरुद्ध २ गोलको जित हासिल गर्यो । खेलमा चरङ्गेका समिर राना म्यान अफ द म्याच घोषित भए ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही फागुन ११ गतेका दिन हुनेछ ।

Post Comments