इलाम । ओएसिस क्लब, इलामको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रथम ओएसिस महिला गोल्डकप नकआउट फुटबल प्रतियोगितामा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब, भारत र दिपेन्द्र शिखर फुटबल क्लब, इलामले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
ठूलो टुंडिखेल मैदानमा भएको उद्घाटन खेलमा मानेभञ्ज्याङले आयोजक ओएसिस क्लब, इलामलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा मानेभञ्ज्याङकी सोनिया मार्क प्लेयर अफ द म्याच घोषित भईन् । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारिन् ।
दोस्रो क्वाटरफाइनलतर्फ दिपेन्द्र शिखरले पि.वाइ.सी., पाँचथरलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा दिपेन्द्र शिखरकी लिला जोशी प्लेयर अफ द म्याच घोषित भईन् । उनले पनि पुरस्कार वापत नगद २ हजार र मेडल हात पारिन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले गरेका थिए । यही फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
- हर्कध्वोज सङबाङफे स्मृति अन्तरमावि छात्र फुटबल प्रतियोगिता हुने (खेलतालिकासहित)
- दोस्रो इलाम गोल्डकप मंसिर तेस्रो सातादेखि, पुरस्कार राशीमा दोब्बर बृद्धि
- इलामको ठिंगेपुरमा खुला फुटबल प्रतियोगिता हुँदै
- धनमाया राना साम्पाङ स्मृति महिला फुटबल प्रतियोगिता हुँदै (खेलतालिकासहित)
- दोस्रो इलाम गोल्डकप पनि छिटै