News स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

करौजिया । न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजनामा यही फागुन ९ गतेदेखि शुरु हुन गईरहेको स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी एक कार्यक्रमका बीच प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा फागुन ९ गतेका दिन सिद्धार्थ क्लब, चपरहट्टी र शुद्धोधन गाउँपालिका, शुद्धोधन भिड्ने खेल संयोजक शेर गुरुङ्गले बताए । कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल फागुन २६ गतेका दिन हुने पनि संयोजक गुरुङ्गले जानकारी दियो ।

आयोजक क्लब कै संरक्षक, वरिष्ठ समाजसेवी तथा खेलप्रेमी तिलोत्तमा–१३, करौजिया निवासी क्याप्टेन नरजंग गुरुङद्वारा आफ्नो दिवंगत धर्मपत्नी खगी गुरुङको स्मृतिमा मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक बिजय गुरुङले बताए ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख ७५ हजार खर्च हुने समेत आर्थिक संयोजक बिजय गुरुङ्गले जानकारी दिए ।

अन्य प्रतियोगिता सरह रुपन्देही कै स्थानीय खेलाडी र क्लबहरुलाई प्रोत्साहन दिने उद्देश्यका साथ प्रतियोगितामा स्थानीय क्लबहरुलाई नै सहभागि गराइएको आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले बताए । साथै उनले प्रतियोगिता सफल पार्न सबैको साथ, सहयोगको अपेक्षा गरेको पनि बताए ।

अध्यक्ष दर्लामीका अनुसार यसपटक दर्शकहरुलाई सहज होस भनेरै अस्थायी प्यारापिट पनि निर्माण गरिएको जानकारी दिए । साथै बढी भन्दा बढी दर्शकहरुलाई खेल अवलोकन गरिदिनु हुन उनले अनुरोध समेत गरे ।

खेलतालिका हेर्नुहोसः

Post Comments