News
शिर्षताको होड मै आरसी३२
काठमाडौं । पटक–पटकको कारवाहीका बावजुद आफ्नो सुन्दर लयलाई कायम राखेको आरसी३२ फुटबल एकेडेमीले शहिद स्मारक सी डिभिजन लिगतर्फ मंगलबार महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी३२ ले झम्सीखेल युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । आरसी३२ का लागि सुजन बलमपाकी र आशिष लावतीले गोल गरे ।
यो जितसँगै ८ खेलबाट १६ अंक जोडेको आरसी३२ लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित झम्सीखेल भने १० अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान