News पिएसजीसँग निरीह बन्यो साबित्राको टोली
गोलनेपाल

काठमाडौं । फ्रान्सको डिभिजन वान महिला फुटबल लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली गुइनग्याम्पले लिग उपाधिको दावेदार पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग फराकिलो हार बेहोरेको छ ।

लिग चरणको आफ्नो १५औं खेलमा गुइनग्याम्पले पिएसजीसँग शून्यका विरुद्ध ५ गोलको हार बेहोरेको हो । खेलमा साबित्रा दोस्रो हाफको ६८औं मिनटमा मैदान प्रवेश गरे तापनि टोलीको निराशाजनक हारलाई आत्मसात गर्न बाध्य बनिन् ।

यो हारपछि १५ खेलबाट १२ अंकका साथ साबित्राको टोली गुइनग्याम्प रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १०औं स्थानमा छ । उता पिएसजी भने ३६ अंकका साथ दोस्रो स्थानमा छ । गुइनग्याम्पले आफ्नो आगामी खेल मार्च २ तारीखका दिन लिलेसँग खेल्नेछ ।

साबित्रा भने वाफ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा सामेल हुन फ्रान्सबाटै साउदी अरेबिया जाने बताइएको छ ।

Post Comments