News अठ्ठाईस बिगाहा अन्तिम चारमा
गोलनेपाल

मध्यविन्दु । सनसनीपुर्ण जितका साथ अठ्ठाईस बिगाहा युवा क्लब, कावासोती यहाँ जारी छैठौं राईनो संरक्षण गोल्ड्कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ  ।

अठ्ठाईस बिगाहाले अन्तिम क्वाटरफाइनलमा बलियो संकटा क्लब, काठमडौंलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

मध्यविन्दु-२ कोल्हुवा स्थित राईनो रंगशालामा भएको खेलमा अठ्ठाईस बिगाहाका लागि दुवै गोल समीर तामाङले गरे । उता पराजित संकटाका लागि गणेश हमालले गोल फर्काएका थिए ।

खेलमा अठ्ठाइस बिगाहाका लागि निर्णायक बनेका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ६ गतेको पहिलो सेमिफाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जानकारी दियो ।

राईनो क्लब, मध्यविन्दु(४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल ल्हेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments