News मच्छिन्द्र छैठौं बागमती गोल्डकपको फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

बागमती । सहज जितका साथ मच्छिन्द्र फुटबल क्लब यहाँ जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रले न्युरोडटिम (एनआरटी) लाई ५-१ ले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।

मच्छिन्द्रक्प जितमा हिसुब थपलिया र स्टेफन बिनोङले २-२ गोल गरे । थप एक गोल बिमल घर्ती मगरले गरे । उता पराजित एनआरटीका लागि सेबेले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा मच्छिन्द्रका हिसुब थपलिया म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ८ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल एपिएफ एफसी र त्रिभुवन आर्मी एफसी बीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

 

Post Comments