News राइनो गोल्डकपः अठ्ठाइस बिगाहा फाइनलमा
गोलनेपाल

मध्यविन्दु । साँघुरो अन्तरको जितका साथ अठ्ठाइस बिगाहा युवा क्लब, कावासोती यहाँ जारी आठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा अठ्ठाइस बिगाहाले सेन्ट्रल कलेज फोर ब्रदर्श फुटबल क्लब, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राइनो रंगशालामा भएको खेलको अन्तिमतिर ८५औं मिनटमा समिर तामाङले गरेको एक मात्र गोल अठ्ठाइस बिगाहालाई फाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलमा अठ्ठाइस बिगाहा कै अन्जल महर्जन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । अठ्ठाइस बिगाहाले अब फागुन ९ गते हुने फाइनलमा गण्डकी प्रदेशससँग उपाधिका लागि भिड्नेछ ।

राईनो क्लब, मध्यविन्दु–४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

Post Comments