काठमाडौं । पिस प्वाइन्ट १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पिस प्वाइन्टले दोहोरो जित आत्मासात् गर्यो ।
पहिलो खेलमा पिस प्वाइन्टले आयोजक लोयल्टी एकेडेमी ‘ए’ लाई ५–० गोलले हरायो । पिस प्वाइन्टका हिमाल थिङले ४ र रुपेश खड्काले १ गोल गरे । अर्को खेलमा पिस प्वाइन्टले इस्टपोललाई ६–१ गोलले हरायो । पिस प्वाइन्टका दिवस रोका र हिमाल थिङले ह्याट्रिक गरे । इस्टपोलका संस्कार सिवाकोटीले सान्त्वना गोल गरे ।
काष्ठमण्डपले नेक्ससलाई ३–० ले पाखा लगायो । काष्ठमण्डपका सुप्रिम बोहरा, सदिन प्रसाईं र ब्रम्ह बस्यालले समान १–१ गोल गरे । इस्टपोलले लोयल्टी ‘बी’ माथि ७–० को सहज जित दर्ता गर्यो । इस्टपोलका रोनिश दाहालले ४, रोजन तामाङले २ र सोनाम तामाङले १ गोल गरे ।
ब्रम्हकुञ्जले नेक्ससलाई २–० गोलले पन्छायो । विजयी टिमका लागि एलेक्स कुँवर र सफल पन्तले समान १–१ गोल गरे । अर्को प्रतिस्पर्धामा भने ब्रम्हकुञ्जले काष्ठमण्डपसंग गोलरहित बराबरी खेल्यो ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन