News वाफ च्याम्पियनसिपः प्यालेस्टाइनद्वारा इराक पराजित
गोलनेपाल

काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपतर्फ नेपाल कै समूह बी मा रहेको प्यालेस्टाइनले पनि प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

मंगलबार राती सम्पन्न समुह बी तर्फको दोस्रो खेलमा प्यालेस्टाइनले इराकलाई शून्यका विरुद्ध ३ गोलले हरायो । स्मरण रहोस, इराकले बिहीबार आफ्नो दोस्रो खेलमा नेपालको सामना गर्दैछ । सोही दिन प्यालेस्टाइनले सिरियाको सामना गर्नेछ ।

समूह बी तर्फको पहिलो खेलमा मंगलबार नै नेपालले सिरियामाथि ४–१ को जित निकालेको थियो । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments