News
नेपालको उत्कृष्ट जित र शानदार साबित्राको पाँच गोल

काठमाडौं । स्टार फरवार्ड साबित्रा भण्डारी नायक बनेको खेलमा लगातार दोस्रो र उत्कृष्ट जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसिपको समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियमा भएको खेलमा नेपालले इराकलाई शुन्यका विरुद्ध ५ गोलले हरायो । खेलमा नेपालका लागि पाँचै गोल साबित्रा भण्डारीले गरिन ।
यो जितसँगै नेपाल समूह बी बाट एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । सोही दिन इराकले सिरियाको सामना गर्नेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)