News अपराजित नेपाल र प्यालेस्टाइज आज भिड्दै
गोलनेपाल

काठमाडौं । वाफ महिला च्याम्पियनसितर्फ समूह बी को अन्तिम खेलमा आज दुई अपराजित टोली नेपाल र प्यालेस्टाइन भिड्दै छन् । यी दुई टोली बीचको खेलको नतिजाले समूह ए को विजेता तथा उपविजेता टोलीको पनि टुंगो लाग्नेछ ।

दुई खेलको समाप्तीसम्म अन्तिम खेल खेल्नु अघि नै नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा स्थान बनाईसकेका थिए । साउदीको जेद्दाह शहर स्थित किंग अब्दुला स्पोर्टस सिटी स्टेडियममा राती १०ः४५ बजेदेखि हुने खेलमा नेपाललाई नै बलियो जितको बलियो प्रत्याशी मानिएको छ ।

समूह चरणको अघिल्लो दुई खेलहरुमा नेपाल र प्यालेस्टाइनले समान दुई टोली इराक र सिरियालाई हराएका थिए । यद्यपि यी दुई खेलहरुमा प्यालेस्टाइन भन्दा नेपालको गोल भिन्नता राम्रो थियो । समूह चरणअन्तर्गत आज नै सिरिया र इराक पनि भिड्दै छन् । जुन खेल दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।

नेपालले आज पनि आफु अनुकुल नतिजा निकाल्दै समूह विजेता बन्न सके सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी लेबनान हुनेछ । त्यस्तै उपविजेता बने सेमिफाइनलमा गत संस्करणको विजेता जोर्डनसँग खेल्नुपर्नेछ । तुलनात्मक रुपमा जोर्डनलाई भने केही बलियो प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ ।

Post Comments