News
पाँचथर गोल्डकप शुरु, आयोजकको उत्कृष्ट शुरूवात

फिदिम । शनिबारदेखि शुरु वाइवाइ चौथो पाँचथर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक पाँचथर क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।
फिदिम माविको खेलमैदानमा भएको उद्घाटन खेलमा पाँचथरले नमो बुद्ध युथ क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
पाँचथरको जितमा सुकराज राईले ह्याटि्रक गरेको ह्याटि्रककर्ता राई नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।
यो जितसँगै पाँचथर प्रातियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन १३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ फुटबल क्लब र रेड हर्ष फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
पाँचथर क्लब, फिदिमको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
Post Comments